तमु साँस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न
१६ बैशाख, पोखरा
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिकसत्र २०८० को लागि पहिलो चरणको “छात्रवृत्ति छनौट परीक्षा” यही बैशाख १६ गते, शनिबार पोखरा, फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा सम्पन्न गरेको छ ।
उक्त परीक्षामा कास्की, स्याङ्जा र पर्वतका सामुदायिक विद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत ३६ जना तमु विद्यार्थीहरु सहभागी भएका थिए । सहभागी विद्यार्थीहरुलाई संस्थाको बारेमा जानकारीका साथै मोटिभेसनल स्पिच निवर्तमान अध्यक्ष चिजकाजी तमुले दिनुभएको थियो । लिखित र मौखिक परीक्षामा सर्वोत्कृष्टताको आधारमा विद्यार्थीहरु छनौट गरि छात्रवृत्ति प्रदान गरिने संस्थाका अध्यक्ष चित्रबहादुर तमुले बताउनुभयो ।
२१ वटा जिल्लाहरुलाई समेटेर छात्रवृत्ति वितरण गरिरहेको यस संस्थाले यस पछि चितवन, नवलपरासी, नवलपुर, रुपन्देही, तनहुँ, लमजुङ, गोर्खा लगायतका जिल्लाहरुमा पनि छात्रवृत्ति छनौट परीक्षा संचालन गर्ने कार्यक्रम रहेको जानकारी “छात्रवृत्ति छनौट उपसमिति” का संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले दिनुभयो ।
Photo Album:





