तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा एक दिने तालिम सम्पन्न
१० चैत्र, पाेखरा : तमु साँस्कतिक प्रतिष्ठान नेपालकाे अायाेजनामा विद्यार्थीहरुका लागि एक दिने समय तथा तनाव व्यवस्थापन प्रशिक्षण कार्यक्रम यही चैत्र ९ गते, शनिबार पाेखरा-३ नदिपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि. काे सभाहलमा सम्पन्न गरेकाे छ ।
प्रतिष्ठानद्वारा छात्रवृत्ति प्राप्त विद्यार्थीहरूकाे व्यक्तित्व विकास गर्ने उद्देश्यले अायाेजित यस कार्यक्रममा समय व्यवस्थापन सम्बन्धि संस्थाकै कार्यसमिति सदस्य लाेक बहादुर तमु र तनाव व्यस्थापन सम्बन्धि मानवशास्त्री एवम् इन्जिनियर राेशन तमुले सहजीकरण गर्नु भएकाे थियाे ।
विद्यार्थी कालमा अाफ्नाे पढाइ र क्यारियर बनाउन यस प्रशिक्षण कार्यक्रमबाट प्राप्त भएकाे ज्ञान अति नै महत्वपूर्ण हुने र याे सबै व्यक्तिका लागि अत्यावश्यक भएकाे कुरा प्रशिक्षार्थीहरूले व्यक्त गरे । कार्यक्रममा २० जना विद्यार्थीहरूकाे सहभागि थियाे भने संस्थाका पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।
संस्थाका अध्यक्षा चित्र बहादुर तमुकाे अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचिव कन्चन तमुले संचालन गरेकाे िथयाे ।
