तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अक्षयकोष दाता, आजीवन सदस्य एवं एन आर एन यु.के.का अध्यक्ष गुरुङ सम्मानित

तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अक्षयकोष दाता, आजीवन सदस्य एवं एन आर एन यु.के.का अध्यक्ष गुरुङ सम्मानित

२०७६, ३ कार्तिक आईतवार १९:२५

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा प्रतिष्ठानका आजीवन सदस्य, अक्षयकोषदाता एवं एन आर एन यु.के.का अध्यक्ष पुनम गुरुङ , प्रतिष्ठानका आजीवन सदस्य, अक्षयकोष दाता कमल गुरुङ र आजीवन सदस्य कर्नेल मनिन्द्र गुरुङलाई प्रतिष्ठानले आफ्नै कार्यालय, रानीपौवा, पोखरामा आइतबार स्वागत एवं सम्मान गरियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष चिजकाजी गुरुङले शुभकामना र बधाई मन्तव्य र सम्मानित व्यक्तित्व अक्षयकोष दाता तथा एन आर एन यु के का अध्यक्ष पुनम गुरुङले आफुहरुलाई सम्मान गरेकोमा तमु साँस्कृतिक प्रतिष्ठान परिवारलाई धन्यवाद दिनु भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङले उहाँहरुले स्थापना गरि दिनु भएको कमल एवं पुनम गुरुङ गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष एवं यस छात्ररवृत्ति प्राप्त विद्यार्थीहरुको जानकारी दिदै, प्रतिष्ठानले हाल गरिरहेको भबिस्यमा गरिने गतिविधिहरुको जानकारी दिनु भयो |

प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्रीजङ गुरुङले र संचालन सचिव भेषराज गुरुङले गर्नु भएको थियो ।

फोटो: मणी तमु गुरुङ, Mani Gurung Video & Photography

Leave a Comment