तमु साँस्कृतिक प्रातिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा सम्पन्न
१० जेठ, २०८२ पाेखरा
तमु साँस्कृतिक प्रातिष्ठान नेपालकाे अायाेजनामा शैक्षिकसत्र २०८२ काे लागि नयाँ विद्यार्थी छनाैट गर्न यही जेठ १० गते, शनिबार फिर्के स्थित पाेखरा इन्जिनयर कलेजमा छात्रवृत्ति छनाैट परीक्षा सम्पन्न गरेकाे छ ।
संस्थाका प्रथम उपाध्यक्ष एवम् छात्रवृत्ति छनाैट परीक्षा उपसिमितका संयाेजक श्रीजङ्ग तमुले कार्यक्रम बारे प्रकाश पार्नु भएकाे थियाे भने प्रश्न पत्र र परीक्षा सम्बन्धमा संस्थाका सदस्य लाेक बहादुर तमुले प्रष्ट पार्नु भएकाे थियाे ।
विगत १२६ वर्ष देखि निरन्तर रूपमा ग्रामिण भेगका सार्वजनिक विद्यालयहरूमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाइ परीक्षा लिइ संचालन गर्दै अाइरहेकाे छावृत्ति वितरण कार्यक्रमका लागि यस वर्ष कास्की, स्यङ्जा, पर्वत र तनहूँ जिल्लाका विद्यार्थीलाइ समेटेकाे जानकारी संयाेजक तमुले बताउनु भयाे ।
चार जिल्लाका विभिन्न विद्यालयहरूबाट ४१ जना विद्यार्थीहरूकाे सहभागि रहेकाे यस परीक्षामा लिखित र माैखिक मुल्याङ्कनबाट उत्कृष्टताकाे अाधारमा ८ जना विद्यार्थीहरू छनाैट गरिने र यस वर्षबाट छात्रवृत्ति रकम वृद्धि गरि वार्षिक रू. १२०००/- प्रति व्यक्ति कक्षा ९-१२ सम्म निरन्तर रूपमा प्रदान गरिने तथ्य संस्थाका अध्यक्ष चित्र बहादुर तमुले जानकारी दिनुभयाे ।
संस्थाका अध्यक्ष चित्र बहादुर तमुकाे अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचिव कन्चन तमुले संचालन गर्नु भएकाे थियाे भने कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरू, प्रधानाध्यापकहरू, शिक्षकहरू एवम् अभिभावकहरूकाे उपस्थिति रहेकाे थियाे ।
