तमु साँस्कृतिक प्रतिष्ठानकाे २३ औं वार्षिकाेत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठानकाे २३ औं वार्षिकाेत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
Published: Wednesday, 28 February 2024 09:17 | Written by Ganga Gurung | Print | Hits: 229
Share
तमु साँस्कृतिक प्रतिष्ठानकाे २३ औं वार्षिकाेत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

पोखरा ।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कृषि मन्त्री माननीय वेदबहादुर तमु (श्याम) ले सामाजिक संस्थाहरु मध्ये प्रतिष्ठान एक उत्कृष्ट संस्था रहेको व्यक्त गर्दै संस्थाले गरेको कार्यमा गर्व गर्नुभएको कुरा प्रकट गर्नुभयो ।

करिब ३०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा ६ जना स्रष्टाहरुलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुमा “स्व. पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार” द्वारा वरिष्ठ पत्रकार, सामाजिक अभियन्ता, अधिकारकर्मी एवम् राजनीतिज्ञ कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुम तमुलाई सम्मान गरिएको थियो ।

त्यस्तै “स्व. घनबहादुर स्मृति पुरस्कार” लमजुङ, घाम्राङका साहित्यकार केयरसिं तमुलाई, “स्व. क्या. मिनबहादुर स्मृती पुरस्कार” कलाकार मनबहादुर तमु (माधव) लाई, “लालशोभा उत्कृष्ट आमा अवार्ड” चितवन, माडीका अनुपम तमुका आमा शान्तामाया तमुलाई र “उच्च शिक्षा पुरस्कार” गोर्खा, सिरानचोकका ई. टकबहादुर तमुलाई सम्मान गरिएको थियो ।

“खेलाडी सम्मान” द्वारा चीनको हाङजाउ शहरमा भएको १९ औं एसियन गेममा रजत पदक हासिल गर्न सफल एरिका तमुलाई सम्मान गरियो । कार्यक्रममा यू.के. निवासी प्रनिशा तमुले प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी फार्मेसीमा स्नातक तह अध्ययनरत स्नेह तमुलाई ल्यापटप उपहार प्रदान गरेका थिए ।

रु. १,२५,०००/- का दरले विभिन्न संघ संस्थाहरु तथा व्यक्तिहरुबाट नौ जना विद्यार्थी बराबरको अक्षयकोष रकम हस्तान्तरण गरिएको उक्त कार्यक्रममा पोंचोंको तमु समाज, चिउली पार्चे तमु समाज, पैंयूखोला तमु समाज, प्रतिष्ठानका विद्यार्थी कलाकारहरु एवम् जोनिशा तमुको नृत्य प्रस्तुतिले थप मनोरञ्जन प्रदान गरेको थियो ।

प्रतिष्ठानका अध्यक्ष चित्र तमुको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रम सचीव कन्चन तमु, विद्यार्थी समितिका सचीव कविता तमु र सह-सचीव प्रज्वल तमुले कार्यक्रम सन्चालन गरेका थिए ।

 

Leave a Comment