प्रतिष्ठानद्वारा प्रथम चरणकाे छात्रवृत्ति छनाैट परिक्षा सम्पन्न

प्रतिष्ठानद्वारा प्रथम चरणकाे छात्रवृत्ति छनाैट परिक्षा सम्पन्न

१२ जेठ, पोखरा

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित ग्रामीण भेगका सार्वजनिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रमको लागि जेठ १२ गते, शनिबार पोखरामा शैक्षिकसत्र २०८१ को लागि प्रथम चरणको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको छ ।

कास्की, स्याङ्जा, पर्वत र लमजुङ पश्चिमी भेगका ५३ जना विद्यार्थीहरु सहभागी भएको यस परीक्षामा लिखित र मौखिक परीक्षा लिएर मुल्यांकन गरिएको थियो । संस्थाका प्रथम उपाध्यक्ष एवम् छात्रवृत्ति छनौट परीक्षाका संयोजक श्रीजङ तमु र सदस्य लोकबहादुर तमुले संस्था, कार्यक्रम र परीक्षाको बारेमा प्रकाश पारेका थिए । यसरी विभिन्न जिल्लामा परीक्षा संचालन गरि यस बर्षका लागि ८३ जना विद्यार्थीहरु छनौट गर्ने जानकारी संयोजक तमुले दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुका अभिभावकहरु तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचीव कन्चन तमुले सन्चालन गरेका थिए ।

Photo Album 

छात्रवृत्ति छनौट परिक्षा २०८१

https://www.facebook.com/media/set/?vanity=tamucan.org&set=a.439010965408547

Leave a Comment